२०८२ वैशाख ३१ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ वैशाख ३१ गते बुधवार
Ads

मानव विकास सूचकाङ्क सुधार हुँदै गएको छ : परराष्ट्रमन्त्री राणा

मध्यान्ह
२०८१ माघ २७ गते १८:१३
मानव विकास सूचकाङ्क सुधार हुँदै गएको छ : परराष्ट्रमन्त्री राणा

कैलालीः परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा मानव विकास सूचकाङ्क पहिलाभन्दा सुधार हुँदै गएको बताएकी छन् ।

धनगढी उपमहानगरपालिका–२ कार्यालयको प्रशासनिक भवनको आज उद्घाटन गर्दै मन्त्री डा. राणाले मानव विकास सूचकाङ्क सुधार हुन जरुरी रहेको बताइन् । उनले भनिन्, ‘पूर्वाधारहरुको मात्र होइन, सामाजिक, मानवीय विकासलगायत अन्य सूचकको पनि विकास हुनु जरुरी छ ।’

मन्त्री डा. राणाले विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्न आवश्यक भएको बताइन् । ‘विकासको प्रक्रिया भनेको आजको भोलि टुङ्गिँदा पनि टुङ्गिँदैन र अझ बस्ती बढ्दै जान्छ, कहीँ पुरानो बस्ती छुटेको हुन्छ, जसले गर्दा विकासको क्रम चाहिँ हामीले अगाडि बढाउँदै लैजानुपर्ने हुन्छ’, उनले भनिन् ।

ADV

सम्बन्धित खबर