२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’

shivam cement
मध्यान्ह
२०८१ माघ २७ गते १४:३७
‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’

काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद रूक्मिणी कोइरालाले झापा, मोरङ, सुनसरी र उदयपुरमा जंगली हात्ती आतंकले जनता त्रसित भएको जनाउँदै तत्काल नियन्त्रणका उपाय अपनाउन सरकारसँग माग गरिन् । 

उनले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा सीमावर्ती भारतीय क्षेत्रबाट ठूलो संख्यामा गाई आएर बस्दा चरन अभावमा त्यहाँ रहेका अर्नालगायत वन्यजन्तुले मध्यवर्ती क्षेत्रका स्थानीय जनताका बालीनाली नष्ट गरेकाले सोसम्बन्धी समस्या समाधान गर्न माग गरिन् । 

सांसद विष्णुदेवी पुडासैनीले बाँदर आतंकका कारण देशका अधिकांश क्षेत्रका किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएको जनाउँदै बाँदर नियन्त्रणमा सहयोग गर्न आग्रह गरिन् । उनले भनिन्, “बाँदर नियन्त्रणमा सहयोग गर्ने हो भने बाँझो जग्गाबाट आयआर्जन र रोजगारी सृजना गर्न सकिन्छ, बाँदर आतंक भएका क्षेत्रमा अदुवा, लसुन, सिस्नुलगायत उच्चमूल्यका खेती गर्न सरकारले प्राविधिक सहायता गर्नुपर्छ ।”

सांसद कृष्णप्रसाद अधिकारीले अनुचितले लेनदेन समस्या समाधानका लागि अघिल्लो सरकारले गठन गरेको मिटरब्याजी जाँजबुझ आयोग राजनीतिक प्रतिशोधका कारण विघटनको संघारमा पुगेको जनाउँदै आयोगलाई पुनः सक्रिय बनाएर मिटरब्याजी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रेणु चन्दले अछाममा दुई किशोरीको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरिन् । सांसदहरू सांसद जितजंग बस्नेत, पदमबहादुर परियार, मनरूपा शर्मा, विष्णुकुमारी सापकोटा र सावित्री मल्ललगायतले महँगी निन्यन्त्रणसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise