२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका

मध्यान्ह
२०८१ माघ २७ गते १२:३९
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ ।

धनुषाधाममा शनिबार आयोजित एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धनुषाधाम नगरपालिकालाई मधेश प्रदेशको पहिलो चुहावटमुक्त नगरपालिका घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै घिसिङले विद्युत सेवाको गुणस्तर सुधार तथा चुहावट नियन्त्रणमा स्थानीय तह, सरोकारवाला र जनताको सहकार्य आवश्यक रहेको र त्यसलाई धनुषाधामले पूर्ण रुपमा निर्वाह गरेको बताए ।

उनले चुहावटमुक्त अभियानले विद्युत आपूर्तिमा सुधार ल्याउने र उपभोक्तालाई नियमित तथा गुणस्तरीय सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुग्ने धारणा राखे ।

कार्यक्रममा धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले नगरवासीका लागि विद्युत जरिवानामा सहुलियतको माग गर्दै निर्देशक घिसिङसमक्ष किसानहरुका लागि थप विद्युत सुविधा उपलब्ध गराउन अनुरोध गरेका थिए ।

कार्यक्रममा नगरपालिकाका विपन्न नागरिकलाई निःशुल्क मिटरसमेत वितरण गरिएको थियो । 
 

ADV

सम्बन्धित खबर