२०८२ वैशाख ३१ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ वैशाख ३१ गते बुधवार
Ads

कोशी प्रदेशस्तरीय स्काउट भेला सुरु

मध्यान्ह
२०८१ माघ २६ गते १७:५३
कोशी प्रदेशस्तरीय स्काउट भेला सुरु

विराटनगर : नेपाल स्काउटको कोशी प्रदेशस्तरीय भेला विराटनगरमा सुरु भएको छ । स्काउटमा लागेका विद्यार्थीहरूलाई समाज र समुदायप्रति जिम्मेवार बनाउने उद्देश्यले भेला आयोजना गरिएको हो ।  

भेलाको उद्घाटन गर्दै कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल स्काउटले व्यक्तित्व विकाससँगै असल नागरिक भएर मुलुकको सेवामा समर्पित भएर काम गर्न अभिप्रेरित गरिरहेको बताए । मुख्यमन्त्री कार्कीले केही स्वार्थी समूहले  समाजलाई गलत बाटोमा लैजाने दुष्प्रयास गरिरहेकाले त्यसविरुद्ध नेपाल स्काउटले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

कोशी प्रदेशका १३७ वटा पालिकाका १ हजार १३७ वटा वडा तथा सबै विद्यालयहरूमा नेपाल स्काउटको विस्तार आवश्यक रहेको पनि उनले बताए । 

कार्यक्रममा सामाजिक विकास मन्त्री पाँचकर्ण राईले नागरिक असल नहुँदासम्म समाज असल बन्न नसक्ने बताए । विराटनगर महानगरपालिका उप–मेयर शिल्पा निराला कार्की, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ तथा  नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले नेपाल स्काउटले समाजमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । ३ दिनसम्म चल्ने भेलामा कोशी प्रदेशका ६७ वटा पालिका तथा विभिन्न विद्यालयका २५ सय स्काउट विद्यार्थीहरू सहभागी छन् । भेलामा स्काउटसम्बन्धी विभिन्न क्रियाकलापको आयोजना हुने जनाइएको छ ।
 

ADV

सम्बन्धित खबर