काठमाडौंः खानेपानीमन्त्री प्रदिव यादवले सिहदरबार स्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन् । शनिबार संचारकर्मीहरुसँगको कुराकानीका क्रममा घटनाबारे अनुसन्धान भइरहेको प्रष्टाएका हुन् ।
उनले आगलागीमा कुनैपनि आवश्यक कागजपत्रहरु नजलेको बताए । डकुमेन्ट हस्ताक्षर गरेर मन्त्रालयका सचिवलाई पठाउने गरेकाले महत्वपूर्ण कागजपत्रहरु जोगिएको बताए । उनले भने, ‘महत्वपूर्ण कागजपत्रहरु बचेका छन् । कुनैपनि आवश्यक कागजपत्रहरु मेरो टेबुलमा थिएन । डकुमेन्ट हस्ताक्षर गरेर सचिवलाई पठाइहाल्ने बानी छ । कहिले पनि टेबुलमा फाइल रहँदैन । त्यसकारण पनि अफिसियल कागजपत्र जलेका छैनन् ।’