२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

हल्लाले त्रसित बैंकिङ क्षेत्र

मध्यान्ह
२०८१ माघ २६ गते ०६:४०
हल्लाले त्रसित बैंकिङ क्षेत्र

काठमाडौं : पछिल्लो समय देशको अर्थतन्त्रमा प्रत्यक्ष सरोकार राख्ने बैंकिङ क्षेत्रलाई स्वार्थ समूहले निरन्तर प्रहार गरिरहेका देखिन्छ । यसले सामान्य नागरिकमा बैंकिङ प्रणालीप्रति नकारात्मक धारणा र शंका गर्ने वातावरण बनाइरहेको देखिन्छ ।

केही वर्षयता नेपालको बैंकिङ क्षेत्रलाई विवादित बनाउने काम भइरहेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूमाथि भ्रम सृजना गराउने काम मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । उनले बैंकको ऋण नतिर्नेदेखि कर्मचारीलाई नै  कारबाही गर्ने भन्दै खुल्ला रूपमा बोल्दै हिँडेका थिए ।

केही दिनयता पाथीभरा केबलकार निर्माणविरुद्ध आन्दोलनमा उत्रिएको समूहले ग्लोबल आइएमई बैंकलाई निशाना बनाइरहेको छ । ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकाल भएकै कारण बैंकप्रति लक्षित गरेर भ्रम सृजना गर्ने काम सामाजिक संजालबाटै सुरु गरिएको छ ।

निश्चित समूहको निश्चित स्वार्थकै कारण सर्वसाधारणको लगानी भएको बैंकिङ क्षेत्रलाई विवाद ल्याउने कामले भइरहेको देखिन्छ । नेपालका बैंक तथा वित्तीय क्षेत्र सबैभन्दा धेरै  सुरक्षित  हुँदासमेत अनर्गल प्रचारका कारण त्रसित हुनुपर्ने अवस्था आइरहेको सरोकारवालाहरू बताउँछन् ।

तथ्यहीन हल्ला बढ्दै गएपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा बैंकिङ क्षेत्रमा त्रास फैलाउने, गलत अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ सेवा प्रयोगबाट बञ्चित गराउने कार्य गर्नेप्रति कडा कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपालका बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेका भन्दै संघहरूले बैंकिङ क्षेत्रमा भइरहेका केही अराजक गतिविधि र सामाजिक संजालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन् । नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानी तथा अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्तहरूको पालना गरिरहेका बैंक तथा वित्तीय संस्था सुरक्षित रहेका उनीहरूको दाबी छ । 

तर, वित्तीय संस्थामाथि निरन्तर प्रहारले भ्रम सृजना गर्ने काम भएको उनीहरूको भनाइ छ । नेपालका सबै वित्तीय संस्थाहरू जोखिम बहन गर्ने पर्याप्त क्षमताका साथ सुरक्षित भएको राष्ट्र बैंकको समेत भनाइ छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध भइरहेका अराजक गतिविधिप्रति नेपाल मुद्रा विप्रेषक संघले समेत आपत्ति जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध भइरहेका अराजक गतिविधि रोक्न संघले सरकार तथा सम्बन्धित निकायको ध्या(नाकर्षण गराउँदै कारबाहीको माग गरेको छ । 

बैंक तथा वित्तीय क्षेत्र खलबल्याउन भइरहेका अराजक गतिविधिहरू र सामाजिक संजालमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध सर्वसाधारणलाई भ्रमित पार्ने कार्य नरोक्ने हो भने अर्थतन्त्रको चेन नै बिग्रन सक्ने अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् ।

ADV

सम्बन्धित खबर