२०८२ वैशाख २४ गते बुधवार / May 07 , 2025 , Wednesday
२०८२ वैशाख २४ गते बुधवार
Ads

नेपाल बीमक संघको अध्यक्षमा क्षेत्री र महासचिवमा पन्त चयन

मध्यान्ह
२०८१ माघ २५ गते २१:००
नेपाल बीमक संघको अध्यक्षमा क्षेत्री र महासचिवमा पन्त चयन

काठमाडौं : नेपाल बीमक संघको कार्यसमिति चयन भएको छ । शुक्रबार संघको सर्वसम्मत प्रकृयाद्वारा कार्यसमिति चयन भएको हो । संघको नयाँ कार्यसमितिका लागि सबैको एक्लो उम्मेदवार परेसँगै सर्वसम्मत चयन भएको हो ।

अध्यक्षका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवार क्षेत्री र महासचिव पदमा एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्त सर्वसम्मत चयन भएका हुन् । यसैगरी उपाध्यक्षमा नेको इन्स्योरेन्सका सीईओ अशोककुमार खड्का, कोषाध्यक्षमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ युगेशभक्तबादे श्रेष्ठ चयन भएका हुन् ।

संघको कार्यसमितिमा नयाँ सदस्यमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ अन्जु श्रेष्ठ, द ओरिएन्टल इन्स्योरेन्सका सीईओ टोटन चक्रवर्ती र प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चयन भएका हुन् । संघको कार्यसमितिको कार्यकाल २ वर्षको हुने व्यवस्था छ ।

ADV

सम्बन्धित खबर