२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

सभापति लामिछानेको सांसद पद फुकुवा गर्न माग

मध्यान्ह
२०८१ माघ २५ गते १४:४४
सभापति लामिछानेको सांसद पद फुकुवा गर्न माग

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले उनको सांसद पद फुकुवा गर्न माग गरेका हुन् । 

रास्वपा सांसद डोलप्रसाद अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाए । उनले भने,  ‘थुनामा नरहेको बेला लामिछानेको सांसद पद तुरुन्त फुकुवा गर्न सभामुखमार्फत आग्रह गर्दछु ।’

रास्वपाकै सांसद बिनिता कठायतले सभापति लामिछानेलाई हिरासतमा राख्दैमा सहकारी पीडितको रकम फिर्ता भयो त ? भन्दै प्रतिप्रश्न गरिन् । सहकारी पीडितको समस्या समाधानमा  बेवास्ता गरेको भन्दै उनले आपत्ति जनाइन् ।  

ADV

सम्बन्धित खबर