२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

ट्रक दुर्घटनामा एक जनाको मृत्यु

मध्यान्ह
२०८१ माघ २५ गते १३:१५
ट्रक दुर्घटनामा एक जनाको मृत्यु

कालीकोटः कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना हुँदा नरहरिनाथ–५ रुप्साका ४५ वर्षीय गङ्ग देउवाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । 

घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारका लागि सदरमुकाम मान्म लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो । ट्रक चालक हाम फालेर बाँच्न सफल भएका छन् । 

ADV

सम्बन्धित खबर