२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

बससेवाले ल्यायो भ्यालेन्टाइन अफर

मध्यान्ह
२०८१ माघ २४ गते २१:४५
बससेवाले ल्यायो भ्यालेन्टाइन अफर

काठमाडौं : मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरु गरेको छ । देशका विभिन्न गन्तव्यमा जाने यात्रुहरूलाई टिकट काट्दा पाँच रुपैयाँसम्मको छुट दिने अफर सुरु गरिएको बससेवाले जनाएको छ ।

‘भ्यालेन्टाइन डेमा बससेवाको अफर, भारी छुटमा घुम्न जाउँ सरर’ भन्ने स्लोगनसहित सुरु भएको अफरमा देशभरका जोकोही पनि सहभागी हुन सक्नेछन् । अनलाइनमार्फत् बसको टिकट काट्नेहरूको संख्या बढिरहेको अवस्थामा जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न यात्रुलाई अभ्यस्त बनाउन यस्तो अफर ल्याइएको बससेवाले जनाएको छ ।

माघ २४ गते बिहीबारदेखि सुरु भएको अफर आगामी फागुन १० गतेसम्म सञ्चालन हुने बससेवाले जनाएको छ । बससेवाले आफ्नो मोबाइल एप तथा वेबसाइटबाट टिकट काट्ने यात्रुलाई अफरको सूची अनुसार छुट उपलब्ध गराउनेछ । प्रयोगकर्ताले वेबसाइट तथा मोबाइल एपमा अफर संलग्न गरिएको टिकट खरिद गरी छुट पाउने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ADV

सम्बन्धित खबर