२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

ग्लोबल आइएमईले पत्रकारलाई क्यामरा किन्न बिना धितो कर्जा दिने

मध्यान्ह
२०८१ माघ २४ गते २१:४४
ग्लोबल आइएमईले पत्रकारलाई क्यामरा किन्न बिना धितो कर्जा दिने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरूलाई क्यामरा खरिदको लागि बिना धितो कर्जा उपलब्ध गराउने भएको छ । बैंकका हेड ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकले क्यामरा खरिदको लागि २ लाख देखि ५ लाख रुपैयाँसम्म विना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको हो । बैंकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ । कर्जाको लागि फोटो पत्रकारहरूले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपिजेको सिफारिसमा कर्जाको लागि बैंकमा सम्पर्क गर्नुपर्नेछ ।

ADV

सम्बन्धित खबर