बुटवल : बुटवलको योगीकुटीमा सिद्धार्थ कटेज सञ्चालनमा आएको छ । सिद्धार्थ हस्पिटालिटीले निर्माण गरेको ‘सिद्धार्थ कटेज’ सञ्चालनमा आएको हो । कटेजको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका थिए ।
कटेजमा हाल यस क्षेत्रकै उत्कृष्ट र सुविधा सम्पन्न मल्टी कुजीन रेस्टुरेन्ट सुरु गरिएको हस्पिटालीटीले जनाएको छ । बगैँचासहित रेष्टुरेन्ट, भव्य मल्टिभेन्यु, स्वीमिङ पुल, वाटरपार्क र चिल्ड्रेन पार्कको समेत सुविधा सहित योगीकुटीको सिद्धार्थ कटेज बुटवलको सबैभन्दा सुविधा सम्पन्न हुने सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए ।
योसँगै बुटवलमा सिद्धार्थ हस्पिटालिटीअन्तर्गत दुई वटा कटेज सञ्चालनमा आएका छन् । ‘यसअघि बुटवलको चौराहमा बिगत १३ वर्ष देखी सिद्धार्थ कटेज सञ्चालनमा छ, त्यसको सफलताले हामीलाई नयाँ आउटलेट सञ्चालनमा ल्याउन प्रोत्साहन मिलेको छ’, न्यौपानेले भने ।
करिब ३५ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको सिद्धार्थ कटेजको हलमा थिएटर सेटअपमा एकै पटकमा करिब दुई हजारलाई सेवा दिन मिल्ने क्षमताको मल्टिभेन्युको सुविधा उपलब्ध हुनेछ । बुटवलमा सबैखाले कार्यक्रम गर्नका लागि भव्य सभाहलसहितको सेवा उपलब्ध गराउने उद्देश्यसहित कटेज निर्माण गर्न लागिएको उनले बताए । उक्त कटेज पूर्ण क्षमतामा सञ्चालनमा आएपछि कम्तिमा एक सय जना बढीले प्रत्यक्ष रोजगारी पाउने अध्यक्ष न्यौपानेले जानकारी दिए ।