काठमाडौंः प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी मृत अवस्थामा फेला परेकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी जवान निशा चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
चौधरी सलको पासोमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।