२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

बेलायतकी राजकुमारी काठमाडौँमा

मध्यान्ह
२०८१ माघ २२ गते ११:५६
बेलायतकी राजकुमारी काठमाडौँमा

काठमाडौँ : बेलायतकी राजकुमारी सोफिया काठमाडौँ आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् ।

उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।

एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् । राजकुमार एडवार्ड पनि आजै नेपाल आउँदैछन् । केही समयपछि उनी काठमाडौँमा अवतरण हुने बताइएको छ । 

नेपाल बसाइका क्रममा उनीहरूले उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ। उनीहरूको नेपाल भ्रमण युवा सशक्तीकरण, स्वास्थ्य सेवा, महिला अधिकार र संरक्षणमा केन्द्रित हुनेछ।

६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ स्वदेश फर्किने कार्यक्रम छ ।

ADV

सम्बन्धित खबर