२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

निर्वाचन अघि महाधिवेशन हुन्छ : कांग्रेस महामन्त्री थापा

मध्यान्ह
२०८१ माघ १९ गते १४:१०
निर्वाचन अघि महाधिवेशन हुन्छ : कांग्रेस महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन २०८४को निर्वाचन अघि नै हुने बताएका छन् ।

शनिवार कांग्रेसको काठमाडौं महानगरपालिका–७ को वडा सम्मेलनमा बोल्दै महामन्त्री थापाले आगामी निर्वाचन अघि नेपाली कांग्रेसको १५ औं महाधिवेशन हुने बताएका हुन् ।

‘संविधानमै कुनै पनि पार्टीको एउटा महाअधिवेशन र अर्को महाअधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएको छ,’ थापाले भने, ‘त्यसैले २०८४ को स्थानीय र आम निर्वाचनभन्दा अगाडि पार्टीको १५ औं महाअधिवेशन हुन्छ ।’ 

त्यसैले त्यो भन्दा अघि जसरी पनि महाधिवेशन हुने उनले दाबी गरे । ‘त्यो भन्दा पहिले पार्टीको महाअधिवेशन गर्नै पर्छ । महाअधिवेशनबाट आएको नयाँ नेतृत्व हुन्छ । त्यो नयाँ नेतृत्वले नै चुनावमा पार्टीको नेतृत्व गर्छ’, उनले भने । 

महाधिवेशन कति छिटो गर्न सकिन्छ भन्ने विषयमा छलफल पनि भइरहेको थापाले बताए । 
थापाले भने, ‘२०८४ को स्थानीय तह र आम चुनाव पार्टीको नयाँ नेतृत्वले नै गराउने छ ।’

केही नेताहरुको भनाइले अधिवेशन पछि जान्छ कि भन्ने लागेको भए पनि त्यसमा कन्फ्युज नहुन कार्यकर्तालाई आग्रह गरे ।

नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७८ पुसमा सम्पन्न गरेको थियो । उक्त मितिले २०८३ भित्र १५ औं महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, केही साना दलसँग एकता गरेर अधिवेशन लम्ब्याउन सक्ने भन्दै कांग्रेस नेताहरू शशंकित छन् ।

पार्टी एकता गरेर पनि अधिवेशन पछि सार्न नमिल्ने महामन्त्री थापा बताउँछन् । उनले कांग्रेसलाई विगठन गरेर दुई पार्टीको एकता गरेमात्रै सम्भव हुने भन्दै त्यस्तो कुरा असम्भव भएको बताए ।

कांग्रेस संस्थापनइतरका नेता डा.शेखर कोइरालाले पनि आगामी महाधिवेशन २०८२ मै गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

ADV

सम्बन्धित खबर