२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

लोकतान्त्रिक एशोसिएसनमा उम्मेदवारी दाबी गर्नेहरूको लर्को, संघको ७ पदाधिकारीका लागि ३० जनाको दाबी

२०८१ माघ १५ गते ०६:२०
लोकतान्त्रिक एशोसिएसनमा उम्मेदवारी दाबी गर्नेहरूको लर्को, संघको ७ पदाधिकारीका लागि ३० जनाको दाबी

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिमा रहने ७ जना पदाधिकारीका लागि  नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनमा आबद्ध ३० जना व्यवसायीले दाबी पेश गरेका छन् । एशोसिएसनले संघ कार्यसमितिको आगामी निर्वाचनका लागि उम्मेदवार हुन इच्छा राखेका संस्थामा आबद्ध व्यवसायीलाई सोमबार ५ बजेसम्मको समय दिएर दरखास्त आह्वान गरेको थियो ।

निर्धारण गरिएको समयभित्र अध्यक्ष पदमा ७ जना, प्रथम उपाध्यक्षमा ३ जना, द्वितीय उपाध्यक्षमा ५ जना, तृतीय उपाध्यक्षमा ४ जना, महासचिवमा ४ जना, सचिवमा ६ जना र कोषाध्यक्षमा १ जनाको दाबी परेको छ ।

एशोसिएसनका अध्यक्ष दीपक थापाका अनुसार अध्यक्षमा फेमस ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक चिरञ्जीवी बस्याल, नीलकमल ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक मेघनाथ भुर्तेल, गुरुङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक भुवनसिं गुरुङ, सोलार एचआर म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक प्रज्ञान न्यौपाने, एलाइन्स ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक सुजितकुमार श्रेष्ठ, फ्युजन इन्टरनेशनल प्रा.लि.का सञ्चालक कुमुद खनाल र एसआरके ओभरसिज प्रा.लि.का सञ्चालक किशोर केसीको दाबी परेको छ ।

प्रथम उपाध्यक्षमा पशुपति एचआर सोलुसन प्रा.लि.का सञ्चालक सेवन्तराज न्यौपाने, नोकरी नेपाल प्रा.लि.का सञ्चालक नरेन्द्रप्रसाद ढकाल र कास्की ओभरसिज प्रा.लि.का सञ्चालक अमरप्रकाश तिवारी, द्वितीय उपाध्यक्षका लागि अल जाफर इन्टरनेशनल प्रा.लि.का सञ्चालक महम्मद जवारदिन मियाँ, अलर्ट ओभरसिज प्रा.लि.का सञ्चालक देवकुमार खोखाली र इन्स्पायर इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.का सञ्चालक देवीप्रसाद काफ्ले, रेडियन्ट ओभरसिज प्रा.लि.का सञ्चालक शिवकुमार कार्की र इम्प्लोइमेन्ट क्रियसन प्रा.लि.का सञ्चालक हर्कबहादुर लिम्बूको दाबी परेको छ ।

तृतीय उपाध्यक्षमा भर्षा मेनपावर प्रा.लि.का सञ्चालक रविन मेघाले मगर, सेक्युर जब प्लेसमेन्ट प्रा.लि.का सञ्चालक सुमनराज पाण्डे, हिमालय भ्याली नेपाल प्रा.लि.का सञ्चालक देवीप्रसाद गिरी, जस्मिन ओभरसिज प्रा.लि.का सञ्चालक नवराज भट्टको दाबी परेको छ ।

अध्यक्षपछिको कार्यकारी पद महासचिवका लागि ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा.लि.का सञ्चालक महेशकुमार बस्नेत, त्रिवेणी ओभरसिज प्रा.लि.का सञ्चालक लक्ष्मण पौडेल, डाइनामिक स्टाफिङ सोलुसन प्रा.लि.का सञ्चालक कर्णराज कटुवाल र साधना इन्टरनेशनल प्रा.लि.का सञ्चालक सोमबहादुर तामाङको दाबी परेको छ ।

सचिवमा अक्सन इन्टरनेशनल प्रा.लि.का सञ्चालक ईश्वर सापकोटा, उज्यालो ओभरसिज प्रा.लि.का सञ्चालक चन्द्र लिम्बू, टार्गेट कन्सल्टेन्ट प्रा.लि.का सञ्चालक विवश ढुंगाना, शुभहारती मेनपावर प्रा.लि.का सञ्चालक विक्रम श्रेष्ठ, मार्स म्यानपावर प्रा.लि.का सञ्चालक प्रकाश बोहोरा, एचएमटी ओभरसिज प्रा.लि.का सञ्चालक तुलसी पुरी र कोषाध्यक्षका लागि विनर एचआर सोलुसन प्रा.लि.की सञ्चालक हिमा गुरुङको दाबी परेको छ । सदस्यमा पनि केही व्यवसायीको दाबी परेपनि एशोसिएसनले नाम सार्वजनिक गरेको छैन । सोमबार पछि कसैले पेश गरेको दाबी स्वीकार नहुने अध्यक्ष थापाले बताए ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको एशोसिएसनले मंगलबार पार्टी प्रतिनिधि र एशोसिएसनका पूर्वअध्यक्षहरूसँग परामर्श गरी राय सुझाव लिएर कार्यसमितिबाट  सर्वसम्मतिले उम्मेदवार चयन गर्ने बताएको छ । अध्यक्ष थापाले सकेसम्म जातीय, भेगीय, क्षेत्रीय तथा अन्य राजनीतिक दल निकट व्यवसायीका संस्थामा आबद्ध व्यवसायीलाई पनि गोलबन्द गरेर जाने योजना रहेकाले उनीहरूसँग पनि छलफल भइरहेको जानकारी दिए । एशोसिएसनले लोकप्रियताका अतिरिक्त कांग्रेसमा आबद्धता भई क्रियाशील सदस्यता प्राप्त गरेको, जातीय तथा भेगीय र अनुभव जस्ता विषयलाई छनोटको आधार बनाउने बताएको छ ।

वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले तालमेलका आधारमा उम्मेदवार उठाउने बताएका छन् । उता प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले उम्मेदवारका आकांक्षीहरूबाट आ–आफ्नो दाबी पेश गर्न लगाएर अध्ययन गरिरहेको अध्यक्ष जनक रावलले बताए । प्रगतिशीलमा संघका हालका प्रथम उपाध्यक्ष डिक बहादुर खत्री (कुमार) र संघका पूर्वमहासचिव नरेश गेलालबीच अध्यक्षको उम्मेदवारीका लागि रस्साकस्सी चलिरहेको बताइन्छ । अध्यक्ष रावलले १–२ दिनभित्र पदाधिकारीका प्रमुख पदको उम्मेदवार सार्वजनिक गर्ने बताए ।

ADV

सम्बन्धित खबर