२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

संघको चुनावमा एक भएर लडे कांग्रेसलाई कसैले हराउन नसक्ने नेताहरूको दाबी

लोकतान्त्रिक एशोसिएसनको १९औं स्थापना दिवसमा रक्तदान

२०८१ माघ ११ गते ०६:२५
संघको चुनावमा एक भएर लडे कांग्रेसलाई कसैले हराउन नसक्ने नेताहरूको दाबी

काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा सांसद शशांक कोइरालाले आत्मसन्तुष्टि प्राप्त हुने गरी मर्यादापूर्व व्यवसाय सञ्चालन गर्न वैदेशिक रोजगार व्यवसायीहरूलाई सुझाव दिएका छन् । पार्टीको शुभेच्छुक संस्थाको हैसियतमा क्रियाशील नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १९औं स्थापना दिवसको अवसरमा  आयोजित कार्यक्रममा व्यवसायीहरूलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री कोइरालाले मर्यादित भएर व्यवसाय सञ्चालन गर्दा सबैभन्दा राम्रो हुने बताए ।

May be an image of 1 person, dais and text

सांसद कोइरालाले धनसम्पत्तिसम्बन्धि आफ्नो जीवनको अनुभव सुनाउँदै मर्यादामा रहेर गरिने आर्जनले मात्रै सार्थकता पाउने बताए । उनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढे कसैले हराउन नसक्नेसमेत धारणा राखे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वैदेशिक रोजगार आप्रवासन विभाग प्रमुख प्रकाश रसाइली स्नेहीले निश्चित आदर्श र उद्देश्यसहित संस्थामा आबद्ध व्यवसायीहरूले अनुशासन र मर्यादाको सीमामा रहन आवश्यक भएको टिप्पणी गरे । नेपाल वैदेशिक रोजगार व्यवसायी  संघको आगामी निर्वाचनमा अन्य दल र समूहसँग गठबन्धन नहुने पार्टीको नीति रहेको भन्दै विभाग प्रमुख रसाइलीले मापदण्डअनुसार टिकट दिएर संघमा लोकतान्त्रिक एशोसिएसनका तर्फबाट उम्मेदवार बनाइने भन्दै आधिकारिक उम्मेदवारविरुद्ध बन्द कोठामा निर्णय गरेमा दण्डहीनता स्वीकार नगरिने चेतावनी दिए ।

May be an image of 1 person, dais and text

उनले भने, ‘मापदण्डअनुसार उम्मेदवार बनाइने छ, कोठाकोठामा बसेर आधिकारिक उम्मेदवार हराउन खोज्नुभयो  भने तपाईंहरूको क्रियाशील सदस्यता संकटमा पर्न सक्छ । पार्टीको क्रियाशील सदस्यता टुंगो लगाउने समितिले कठोरतापूर्वक निर्णय गर्न सक्छ ।’

विभाग प्रमुख रसाइलीले नयाँ कार्यसमितिको निर्वाचनको सन्दर्भमा संघको भवन खरिद गर्ने विषय चुनावी एजेन्डा मात्रै भएको टिप्पणी गरे । उनले प्रश्न गर्दै भने, ‘घर किन्नुपर्ने बाध्यता के हो ? यसलाई राजनीतिक हतियार बनाउन जरुरी छैन ।’

May be an image of 11 people, temple and text

एशोसिएसनका संस्थापक अध्यक्ष तथा संघका पूर्व अध्यक्ष तिलकबहादुर रानाभाटले हाल संस्थाको आकार बृहत् हुनु खुसीको विषय भएको, तर व्यवसायीहरूमा अनुशासन, धैर्यता र परस्पर सहयोगी भावनाको अभाव देखिनु चिन्ताजनक विषय भएको बताए । संस्थाको स्थापनाकालमा राखेको उद्देश्यअनुसार काम गर्नुपर्नेमा उनले जोड दिए । उनले लोकतान्त्रिक व्यवसायीहरूलाई गोलबन्द गरी वैदेशिक रोजगार क्षेत्रका समस्याको समाधान र सामाजिक कार्यमा अग्रसरता देखाउन एशोसिएसनको कार्यसमितिलाई आग्रह गरे ।

एशोसिएसन अध्यक्ष दीपक थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एशोसिएसनका प्रथम उपाध्यक्ष विनोदजंग केसीले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा एशोसिएसनका संस्थापक अध्यक्ष रानाभाट, पूर्वअध्यक्षहरू किरण किशोर घिमिरे, विमल ढकाल, यमबहादुर केसी, हंशराज वाग्ले, नरेन्द्र प्रसाद ढकालसहित संस्थापक महासचिव रामबहादुर बस्नेत तथा सदस्यहरू तीर्थबहादुर गुरुङ, प्रज्ञान न्यौपाने, चिरञ्जीबी बस्याल, रविन्द्र शेरचन, देवीप्रसाद काफेले, कुमार पुरी, राजकुमार कार्की, खडानन्द अर्याललगायतलाई सम्मान गरिएको थियो । महासचिव महेश बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए । 

May be an image of 4 people, dais and text

यस्तै वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदानमा अध्यक्ष थापा, महासचिव बस्नेत, रेशमराज पौडेल, अनु घिमिरे, सेमन्तराज न्यौपाने, चिरञ्जीबी बस्याल, प्रज्ञान न्यौपाने, सुनिता कर्मचार्य, राजकाजी भोलन, तुलसीराम पुरीलगायत ११७ भन्दा बढी रक्तदाताले रक्तदान गरेका थिए । 

No photo description available.

एशोसिएसन अध्यक्ष थापाले संस्था विगतदेखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको बताउँदै यसपटक रगतको अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य राखेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । एशोसिएसनले स्व. बीपी कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा राजधानीमा वृक्षारोपण कार्यक्रम पनि गरेको थियो ।

May be an image of 9 people and text that says 'ビ स्थाप देवस'

May be an image of 5 people, dais and text

ADV

सम्बन्धित खबर