२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

मिसन ८४ सफल गर्न एकापसमा सहयोगी बन्नुपर्छ : सचिव भट्ट

shivam cement
सुनिल आउजी
२०८१ जेठ १८ गते २०:५३
मिसन ८४ सफल गर्न एकापसमा सहयोगी बन्नुपर्छ : सचिव भट्ट

धनगढी : नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले २०८१ मा पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गरी मिसन ८४ सफल गर्न पार्टी कार्यकर्ताहरू एकापसमा सहयोगी बन्नुपर्ने बताएका छन् । 

‘कमजोरी गरेका कार्यकर्ता आत्मालोचना गर्दै पार्टी काममा लाग्नुस्’ एमाले टीकापुर नगर कमिटीको दशौं अधिवेशनलाई सम्बोधन गर्दै भट्टले भने, ‘पार्टीभित्र पुरानाहरू वरिष्ठ हुँ भन्ने घमण्डमा, नयाँहरू बुझ्दै नबुझी पद पाउँछुकी पाउँदिन भन्ने बार्गेनिङमा लागेको र पार्टीमा आएकालाई व्यवस्थापन नगर्ने प्रवृत्ति सुधार्नु पर्छ । सम्बन्ध बिग्रेपछि सिद्ध्याउने प्रवृत्ति हटाउनुपर्छ ।’

विकास गर्न एमालेकै नेतृत्व चाहिने भन्दै आफू मन्त्री भएका बेला रातो किताबमा आउन थालेका सेती लोकमार्ग, महाकाली लोकमार्ग, डुडेझारी औद्योगिक क्षेत्रमा काम हुन नसकेको बताउँदै भट्टले नेपालमा लोकप्रिय मतले एक नम्बर पार्टी संसदमा दोस्रो हैसियतमा झरेकाले राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नेगरी लाग्न कार्यकर्तालाई निर्देशन दिए । 

एमालेका पोलिटब्यूरो सदस्य, कैलाली जिल्ला ईन्चार्ज तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले पार्टीका लक्ष्य पूरा गर्न, समृद्ध नेपाल सुखी नेपाल बनाउन पार्टी सशक्त र संगठित रूपले अघि बढ्न जागरूक नेतृत्व आवश्यक रहेको बताए । केन्द्रीय सदस्य झपटबहादुर रावलले एमालेका ऊर्जावान् शक्ति परिचालन भई जनतामा पुग्न नसकेकाले विगतका निर्वाचनमा पराजित भएको भन्दै जनताको सेवा गर्न र देश निर्माण गर्ने जिम्मेवारीमा पुग्न एमालेले आउँदा निर्वाचन जित्नै पर्ने बताए ।

ADV

सम्बन्धित खबर

Advertise