२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

कृष्णानगरमा दुर्गा मन्दिरको शिलान्यास

शहबाज खान
२०८१ मंसिर ३ गते २१:२०
कृष्णानगरमा दुर्गा मन्दिरको शिलान्यास

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरस्थित ईलाका प्रहरी कार्यालयको प्राङ्गणमा दुर्गा मन्दिरको शिलान्यास गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरज खत्री र कृष्णनगर नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताले विधिवत पूजा पाठ गरी शिलान्यास गरेका हुन् । 

प्रहरी कार्यालयमा दुर्गा मन्दिर नहुँदा कार्यालयका कर्मचारी र स्थानीयबासीले आवश्यकताको महसुस गरेपछि वडा कार्यालयको आर्थिक सहयोगमा मन्दिर निर्माण थालिएको ईलाका प्रहरी प्रमुख खत्रीले जानकारी दिए ।

वडाध्यक्ष कृष्ण कुमार गुप्ताका अनुसार दुर्गा मन्दिर निर्माणका लागि वडाको बजेटबाट २ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ भने थप लाग्ने खर्च पनि वडाबाटै व्यवस्थापन गरिनेछ ।

शिलान्यास कार्यक्रममा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ता, सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपाने, वडा सदस्यहरू राहुल मोदनवाल, रेनु शर्मा, तिर्था धरिकार, प्रहरी बरिष्ठ नायब निरीक्षक निलकण्ठ ढकाल, सेन्टजूड्स बोर्डिङ स्कुलका प्रधानाध्यापक धिरेन्द्र सिंह, समाजसेवी भोला जयसवाल, राकेश जयसवाल, गौरव मणी त्रिपाठीलगायतको उपस्थिति रहेको थियो ।

दुर्गा मन्दिर निर्माणले धार्मिक आस्थाको प्रवर्द्धनसँगै स्थानीय समुदाय र प्रहरी कार्यालयबीचको समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

ADV

सम्बन्धित खबर