२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

'ज्युँदो छँदासम्म रास्वपाको सभापति रवि लामिछाने नै हो'

Nada
२०८१ कार्तिक २५ गते १५:५०
Shares
'ज्युँदो छँदासम्म रास्वपाको सभापति रवि लामिछाने नै हो'

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले रवि लामिछाने ज्युँदो छँदासम्म पार्टी सभापति हुने बताएका छन् । पोखरामा भएको प्रदर्शनलाई सम्बोधन गर्दै अर्यालले यस्तो बताएका हुन् ।

ncell

अर्यालले भने, ‘म यही मञ्चबाट के भन्न चाहन्छु भने, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो ।’

‘यसमा कसले कार्यवाहक सभापति पाउँछ पाउँदैन त्यो गौण कुरा हो,’ उनले भने, त्यसकारण यहाँहरूलाई विश्वस्त पार्न चाहन्छु, उहाँको सभापति पद उहाँ जहाँ बस्नुहुन्छ हिरासतमा रहनुहोला, जेलमा बसे पनि रास्वपाको सभापति रवि लामिछाने नै हो ।’

पार्टीमा रविको विकल्पबारे बहस भइरहेका बेला उनको यो प्रतिक्रिया आएको हो । उनले रवि जेलमा पुगे पनि रास्वपाको नेतृत्व गर्ने बताए । 
 

ताजा खबर

सम्बन्धित खबर