२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

आज थाइल्याण्डसँग खेल्दै नेपाल

Nada
२०८१ कार्तिक २१ गते १३:३४
Shares
आज थाइल्याण्डसँग खेल्दै नेपाल

काठमाडौँ : महिला यू-१९ विश्वकपको एसिया क्वालिफायर आजदेखि शुरु हुँदैछ । २०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एसिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् ।

ncell

क्वालिफायरमा शीर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ । चार देशले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि शीर्ष स्थानमा रहने देश विश्वकपका लागि छनोट हुनेछ ।

आज नेपालले पहिलो खेलमा थाइल्याण्डको सामना गर्दैछ । खेल संयुक्त अरब इमिरेट्समा दिउसो सवा ३ बजे शुरु हुनेछ । त्यस्तै बिहीबार नेपालले कुवेतसँग खेल्ने छ भने शनिबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै आइतबार फेरी थाइल्याण्डसँग, मंगलबार कुवेतसँग र बुधबार युएईविरुद्ध खेल्ने छ । संयुक्त अरब इमिरेट्स

क्यानले तीन चरणको क्लोज क्याम्प गरेर एसिया क्वालिफायर खेल्न पूजा महतोको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

विश्वकप क्वालिफायर खेल्ने नेपाली टिममा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव (विकेटकिपरं), मनीषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तिर्सना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।

सम्बन्धित खबर