२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

परिवर्तन गाउँपालिकामा क्रिकेट प्रतियोगिता सम्पन्न, आयोजक ‘ए’लाई उपाधि

Nada
२०८१ कार्तिक ११ गते १९:४०
Shares
परिवर्तन गाउँपालिकामा क्रिकेट प्रतियोगिता सम्पन्न, आयोजक ‘ए’लाई उपाधि

रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकामा आयोजित क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा कात्तिक ९ गतेदेखि ११ गतेसम्म नेपालीहरुको महान चाड बडा दशैं तथा शुभ दिपावलीको उपलक्ष्यमा परिवर्तन गाउँपालिका शुभकामना क्रिकेट कप, रोल्पा जिल्ला अन्तरपालिकास्तरीय प्रतियोगिता–२०८१ आयोजना गरिएको हो ।

ncell

No description available.

प्रतियोगिताको आइतबार शहीद स्मृति रंगशाला परिवर्तन गाउँपालिका–५ धामाचौरमा एक औपचारिक कार्यक्रमको बीच सम्पन्न गरिएको छ । परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव ललितकुमार बुढा मगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियोे भने परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एमको विशिष्ट आतिथ्यता रहेको थियो ।

No description available.

आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशका सचिव दिपक श्रेष्ठ, रोल्पा जिल्ला क्रिकेट संघका अध्यक्ष ओम केसी, इलाका प्रहरी कार्यालय ओबाङ्का प्रहरी सहायक निरीक्षक ओमभक्त केसी, अस्थायी प्रहरी पोष्ट पुतलाचौरका हल्वदार सुरेन्द्र घर्ती मगर, राष्ट्रिय रेफ्रीहरु सन्देश केसी, सनि कार्की र सुरेन्द्र विष्टलगायतको आतिथ्यता रहेको थियो ।

क्रिकेट प्रतियोगिताको विजेता परिवर्तन गाउँपालिका आयोजनक ‘ए’ भएको छ । आयोजक ‘ए’ले पुरस्कार नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता रोल्पा नगरपालिका भएको छ । उसले पुरस्कार नगद ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

No description available.

सेमिफाइनललिस्ट २ टिम माडी गाउँपालिका र परिवर्तन गाउँपालिका आयोजक ‘बी’ भएको छ । उनीहरुले नगद ११ हजार १ सय ११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सर्वोत्कृष्ट खेलाडी परिवर्तन गाउँपालिका क्रिकेट टिमका कप्तान अजय पुन मगर भएका छन् । उनले पुरस्कार नगद २ हजार २ सय २२ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनलका म्यान अफ द म्याच रोल्पा नगरपालिका टिमका मनिष विष्ट भए । उनले नगद ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट बलर मनिष विष्ट चयन भए । उनले कप र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट ब्याट्सम्यान रोल्पा नगरपालिकाका निशान श्रेष्ठ घोषित भए । उनले कप र प्रमाणपत्र प्राप्त गरे । बेस्ट फिल्डर माडी गाउँपालिकाका विक्रम परियार घोषित भए । उनले कप र प्रमाणपत्र प्राप्त गरे । कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य श्याम शाही ठकुरीले गरेका थिए ।

No description available.

सम्बन्धित खबर