२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

परिवर्तन गाउँपालिकामा क्रिकेट प्रतियोगिता हुँदै

Nada
सुर्य प्रकाश बुढा मगर
२०८१ कार्तिक ७ गते १०:५०
Shares
परिवर्तन गाउँपालिकामा क्रिकेट प्रतियोगिता हुँदै

रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकामा क्रिकेट प्रतियोगिता हुने भएको छ । परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा कत्तिक ९ गतेदेखि ११ गतेसम्म प्रतियोगिता हुने भएको हो । 

ncell

हिन्दुहरूको महान चाड बडा दशैं तथा शुभ दिपावलीको उपलक्ष्यमा परिवर्तन गाउँपालिका शुभकामना क्रिकेट कप,रोल्पा जिल्ला अन्तर पालिका स्तरीय प्रतियोगिता-२०८१ राखिएको हो । 

प्रतियोगिता शहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका-५ धामाचौरमा हुने बताइएको छ । क्रिकेट प्रतियोगिताको उपाधि विजेतालाई नगद ५५ हजार ५ सय ५५ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिनेछ  । 

उपविजेताको पुरस्कार राशी नगद ३३ हजार ३ सय ३३ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।  सेमिफाइनलमा पुगेका २ टिमलाई नगद ११ हजार १ सय ११ रुपियाँसहित मेडल र प्रमाणपत्र गरिनेछ । 

सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार २ सय २२ रुपियाँसहित कप,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ । म्यान अफ द म्याच फाइनललाई नगद ५ सय ५५ रुपियाँ सहित मेडल र प्रमाणपत्र रहेको छ । 

सर्वोत्कृष्ट बलर, सर्वोत्कृष्ट किपर, सर्वोत्कृष्ट व्याट्सम्यान र सर्वोत्कृष्ट फिल्डरलाई कप र प्रमाणपत्र प्रदान गरिनेछ  । परिवर्तन गाउँपालिकामा पहिलोपटक ठूलो धन राशीको क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले बताए । 

हामीले रोल्पा जिल्लाभित्र रहेका पालिकाहरुलाई मध्येनजर गर्दै परिवर्तन गाउँपालिकामा अन्तर पालिकास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेका हौं,अध्यक्ष बुढा मगरले भने," मलाई लाग्छ रोल्पा जिल्लाको सन्दर्भमा पालिकास्तरमा ठूलो राशीको क्रिकेट प्रतियोगिता आयोजना गर्नेमा परिवर्तन गाउँपालिका हो जस्तो लाग्छ।"

उनले क्रिकेट प्रतियोगिताले जिल्लाभित्रको क्रिकेट खेलाडीहरुलाई परिवर्तन गाउँपालिकामा आउने अवसर प्रदान गर्ने र  परिवर्तन गाउँपालिकामा क्रिकेट खेलको थप विकास हुने विश्वास लिएको बताए ।

uae

सम्बन्धित खबर