२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

एन्फाका कोषाध्यक्ष र लेखापालको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट खारेज

Nada
२०८३ असोज १५ गते १८:३४
Shares
एन्फाका कोषाध्यक्ष र लेखापालको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट खारेज

काठमाडौँ : सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

ncell

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उनीहरूलाई थुनामुक्त गर्न माग गर्दै दायर भएका छुट्टाछुट्टै बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको हो ।

जोशीकी पत्नी शोभा जोशी र पाण्डेकी पत्नी अनिता पाण्डेले आफ्ना श्रीमान्लाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सर्वोच्चले दुवै रिट खारेज गर्दै उनीहरूलाई थुनामा राखेर अनुसन्धान अघि बढाउनु विधिसम्मत रहेको ठहर गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असोज २ गते एन्फाको केन्द्रीय कार्यालयमा छापा मारेर जोशी र पाण्डेलाई पक्राउ गरेको थियो ।

सीआईबीले उनीहरूमाथि खेलमा मिलेमतो, अनियमितता तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर