२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

Nada
२०८१ असोज १८ गते १७:५८
Shares
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा दार्चुला घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका–२ बस्ने २७ वर्षीय हरक सिंह धामी र धादिङ ज्वालामुखी गाउँपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–९ बस्ने ३३ वर्षीय हरि रम्तेल रहेका छन् । 

पक्राउ मध्ये हरक सिंहले १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ र हरिले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरक सिंहलाई काठमाडौं कीर्तिपुर नगरपालिका२ नयाँबजारबाट र हरिलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर