२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

मलेसियामा क्षयरोगबाट ग्रस्त एक कामदार दूतावासमा शरणपछि नेपाल फिर्ता

Nada
२०८१ असोज १८ गते ०६:३५
Shares
मलेसियामा क्षयरोगबाट ग्रस्त एक कामदार दूतावासमा शरणपछि नेपाल फिर्ता

क्वालालम्पुर : वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहँदा क्षयरोग लागेर बिरामी परेका एक कामदार नेपाली दूतवास मलेसियाको सहयोगमा स्वदेश फर्किएका छन् । नेपालबाट आएको कम्पनी छाडेर अवैधानिकरुपमा बसोबास गरी काम गरिरहेका पीडित शंकर थापामा क्षयरोगको लक्षण देखापरेको थियो ।

ncell

रोग पहिचान गर्ने क्रममै आफूसँग भएको खर्च सकिएपछि उनी बेखर्ची भइ पीडित भएका थिए । रोग र आर्थिक अभावले पीडित शंकर सम्पर्कमा आएपछि पिएनसिसिले नेपाली राजदूतवाससँग सहयोगका लागि समन्वय गरेको थियो । उनी बातिक एयरको उडानमार्फत नेपाल फर्किएका हुन् ।

सम्बन्धित खबर