२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अलपत्र यात्रुहरुको तत्काल उद्धार गर्न सरकारलाई संसदीय समितिको निर्देशन

Nada
२०८१ असोज १५ गते १४:२३
Shares
अलपत्र यात्रुहरुको तत्काल उद्धार गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । बाढी तथा पहिरोको क्षतिबारे छलफल गर्न समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो ।

ncell

उक्त छलफलपछि समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको हो ।

समितिले अवरुद्ध भएका राजमार्गहरु तत्काल खोल्न पनि सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार रातिदेखि परेको पानीका कारण देशका महत्वपूर्ण राजमार्गहरु अवरुद्ध भएकोमा केही खुलेका छन् भने बिपी राजमार्गलगायत केही सडकखण्ड तत्काल सञ्चालनमा आउने सम्भावना कम छ।

साथै समितिले मूल्यवृद्धि रोक्न पनि सरकारलाई निर्देशन दिएको छ । बजार अनुगमन गरी मूल्यवृद्धि हुन नदिन समितिले सरकारलाई निर्देशन दिएको हो ।

सम्बन्धित खबर