२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

नेवाः समाज साउदी अरबको नयाँ कार्यसमिति चयन

Nada
अन्जान गुभाजु
२०८१ असोज १३ गते २२:०२
Shares
नेवाः समाज साउदी अरबको नयाँ कार्यसमिति चयन

साउदी : साउदी अरबमा कार्यरत नेवार समुदायको संस्था नेवाः समाज साउदी अरबले नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार रियादमा सम्पन्न भेलाले संस्थापक अध्यक्ष ८८ कृष्ण श्रेष्ठ ‘धौबजी’८८ लाई अध्यक्ष पदमा पुनः चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको हो । 

ncell

नयाँ समितिमा रोशन श्रेष्ठ उपाध्यक्ष, सृजना श्रेष्ठ महिला उपाध्यक्ष, अनिल श्रेष्ठ सचिव, भुवन श्रेष्ठ कोषाध्यक्ष, र अन्जान गुभाजु प्रवक्तामा चयन भएका छन् । त्यस्तै, देब राज प्रधानलाई रियाद क्षेत्र संयोजक र अकल प्रधानलाई पूर्वी क्षेत्र संयोजकको जिम्मेवारी दिइएको छ । अमर श्रेष्ठ प्रमुख सल्लाहकारको रुपमा चयन भएका छन् ।     

यस्तै सदस्यहरुमा रबि श्रेष्ठ (भक्तपुर), सिद्दि लाल श्रेष्ठ (नुवाकोट), बिकाश श्रेष्ठ (प्युठान), श्याम श्रेष्ठ (लमजुङ), बिशाल श्रेष्ठ (ललितपुर), राज कुमार श्रेष्ठ (चितवन), राज शाक्य (सिन्धुपाल्चोक), शरण श्रेष्ठ (दोलखा), शान्ति श्रेष्ठ (काठमाडौं), आशा काजी श्रेष्ठ (लमजुङ), राज श्रेष्ठ (काभ्रे), सुनिता दुवाल (भक्तपुर), श्याम श्रेष्ठ (सिन्धुली), हिरा महर्जन (ललितपुर), राम कुमार श्रेष्ठ (तनहुँ), कमल श्रेष्ठ (भक्तपुर), नारायण श्रेष्ठ (झापा) र दिप श्रेष्ठ (स्याङ्जा) चयन भएका छन् ।

समाजका सचिव अनिल श्रेष्ठले सन् २०१७ मा स्थापित यो संस्था नेवार समुदायको सामाजिक, सांस्कृतिक, र शैक्षिक गतिविधिहरूलाई थप सशक्त बनाउन नयाँ कार्यसमितिले निरन्तरता दिने जानकारी दिए । उनले जेद्दाको संयोजकसहित बाँकी जिम्मेवारीहरुपछि निर्धारण गरिने पनि उल्लेख गरे ।

श्रेष्ठले साउदी अरबमा कार्यरत नेवार समुदायको लगत संकलन गर्ने योजना रहेको र भाषा कक्षा सञ्चालनको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए । 

साथै उनले थप नेवारहरूलाई संस्थामा आबद्ध हुन आग्रह गर्दै नेवाः समुदायको परम्परा, संस्कृति, र सामाजिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

समाजले नेवाः समुदायको भाषा, संस्कृति, र सामाजिक उत्तरदायित्वलाई जीवन्त राख्न आगामी दिनमा थप योगदान गर्ने योजना बनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर