२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

साउदीमा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न, नेपाली श्रमिकलाई सहजता

Nada
अन्जान गुभाजु
२०८१ असोज १३ गते २०:४८
Shares
साउदीमा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न, नेपाली श्रमिकलाई सहजता

अलकासिम, साउदी : साउदी अरबको अलकासिम क्षेत्रमा एकदिने राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ । नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, साउदी अरबअन्तर्गत रहेको क्षेत्रीय समन्वय समिति अलकासिमको संयुक्त प्रयासमा २०२४ सेप्टेम्बर २७ मा घुम्ती सेवा सम्पन्न भएको हो ।

ncell

घुम्ती सेवाबाट अलकासिम तथा वरपरका नेपाली श्रमिकहरू लाभान्वित भएका छन् । फाराम संकलन, राहदानी वितरण र ट्राभल डकुमेन्टको सेवा उपलब्ध गराइएको उक्त घुम्ती सेवामा राजदूतावास रियादका प्रथम सचिव टोप नारायण गिरीको नेतृत्वमा सचिव टिकाराम उपाध्याय, सहचारी कमल कुँवर, लेखापाल राम पुनित यादवलगायतको टोलीले सेवा प्रदान गरेका थिए ।

घुम्ती सेवाबाट अनैजा, हायल, जुल्फीलगायतका क्षेत्रबाट आएका ५ सय ४१ जना श्रमिकको राहदानी नवीकरणका लागि आवेदन संकलन गरिएको थियो भने ४० नवीकृत राहदानी वितरण तथा एक जनालाई ट्राभल डकुमेन्ट प्रदान गरिएको थियो ।

एनआरएनए पदाधिकारीहरूको सक्रियतामा फाराम भर्न नसक्ने श्रमिकहरूलाई निःशुल्क सहयोग गरिएको थियो । बिहान ७ बजेदेखि बेलुकी साढे ६ बजेसम्म चलेको घुम्ती सेवामा राजदूतावासको ५ वटा काउन्टरबाट सेवा प्रदान गरिएको थियो । एनआरएनए पदाधिकारी तथा स्वयंसेवीहरूले सेवामा विशेष सहयोग पुर्‍याएका थिए ।

यस्तै घुम्ती सेवा सञ्चालनका लागि एनआरएनए सदस्यहरू, बुरैदा इस्लामिक सेन्टर, एभरेस्ट होटल, र नेपाली युवा क्लब अलकासिमको महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ । घुम्ती सेवाले श्रमिकहरूलाई लामो यात्रा र खर्चिलो प्रक्रियाबाट मुक्त गराएको थियो ।

No description available.

सम्बन्धित खबर