२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रेस सेन्टर नेपाल कपिलवस्तुको अधिवेशन सम्पन्न

Nada
२०८१ असोज १२ गते २२:१६
Shares
प्रेस सेन्टर नेपाल कपिलवस्तुको अधिवेशन सम्पन्न

कपिलवस्तु : प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाको छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । नगरपालिको सभाहलमा सम्पन्न अधिवेशनले मानिस कार्कीको अध्यक्षतामा  १५ सदस्य  समिति चयन गरेको छ । जसको उपाध्यक्षमा माधव बेल्बासे, भगवती न्यौपाने, सचिवमा पिताम्बर घिमिरे (हरी), सहसचिव सूर्य गुरूङ, सहसचिव अजय शाहनी, कोषाध्यक्ष सहबाज खान लगायत अन्य सदस्यमा रहेका छन् । 

ncell

अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज रुद्रप्रसाद बञ्जाडेले पत्रकारको प्रेस सेन्टर संगठनलाई सुदृढ गर्दै सक्रिय बनाउन आवश्यक रहेको बताए । 

त्यस्तै माओवादी केन्द्र कपिलवस्तुका अध्यक्ष विष्णु बेलबासेले कपिलवस्तुको विकासको लागि सञ्चार माध्यमले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए । साथै उनले अनैतिक र अनियमित गतिविधिविरुद्ध बुलन्द आवाज उठाउन पनि आह्वान गरे । 

प्रेस सेन्टर कपिलवस्तुका संस्थापक अध्यक्ष सीपी शर्माको नामबाट स्थापित युवा पुरस्कारबाट युवा जनपक्षीय पत्रकार मनिष गुप्ता सम्मानित भएका छन् । 

कार्यक्रममा प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्मा, प्रेस सेन्टरका केन्द्रीय सदस्य बसन्त गिरि, प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा कपिलवस्तुका इन्चार्ज दिलाराम भुसाल, प्रेस सेन्टरका प्रदेश समितिका सचिव चिन्ता परियार र प्रेस सेन्टरका प्रदेश कोषाध्यक्ष मनिष कार्की लगायतले मन्तव्य राखेका थिए । 

प्रेस सेन्टर नेपाल कपिलवस्तुका शाखा अध्यक्ष अर्जुन बेलबासेको अध्यक्षता, उपाध्यक्ष भुपाल थापाले  स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव माधव बेलबासेले गरेका थिए ।

सम्बन्धित खबर