२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

जीर्णोद्धार हुँदै ललितपुरको तपुपोखरी 

Nada
२०८१ असोज ११ गते ११:१६
Shares
जीर्णोद्धार हुँदै ललितपुरको तपुपोखरी 

ललितपुर : पितृतर्पण एवम् श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका-५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको छ।

ncell

सोह्रौं शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुनै समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले बताए।

तपुपोखरी संरक्षण र व्यवस्थित गर्न बजेट अभाव भएको बताउँदै उनले  जीर्णोद्धारका लागि ललितपुर महानगरपालिकाले रु २४ लाख प्रदान गरेको जानकारी दिए। उक्त रकम पर्याप्त नभएको उनले बताएका हुन्।

केही वर्षअघि टीकाभैरवबाट बग्ने राजकुलोको पानीले भरिने तपुपोखरी, राजकुलो सुकेपछि अहिले अकासे पानीले भरिने गर्छ। पिण्ड विसर्जनका लागि पानी आवश्यक पर्ने भएकाले कुमारी क्लब उपभोक्ता समितिले पानीको व्यवस्था गर्दै आएको छ। व्यवस्था गर्दै आएको छ।  

सम्बन्धित खबर