२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सप्तकोशी बस दुर्घटना : सबै यात्रुको उद्धार

Nada
२०८१ असोज १० गते १९:१२
Shares
सप्तकोशी बस दुर्घटना : सबै यात्रुको उद्धार

काठमाडौं : सप्तकोशी नदीमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ । बिहीबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस खसेको थियो ।

ncell

बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो । बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ ।

केही यात्रु घाइते भएको र उनीहरूलाई उपचारका लागि पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर