२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Nada
२०८१ असोज १० गते १२:३८
Shares
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका–६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ बस्ने ३१ वर्षीय खालिक खानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

खालिकले कतार पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई चन्द्रागिरी नगरपालिका–१५ तीनथानाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर