२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

बाबुको हत्या अभियोग छोरा पक्राउ

Nada
२०८१ असोज ९ गते १०:४७
Shares
बाबुको हत्या अभियोग छोरा पक्राउ

सिराहा : आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ । 

ncell

छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए । 

गम्भीर घाइते उनको उपचारार्थ विराटनगरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

सम्बन्धित खबर