२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

Nada
२०८१ असोज ८ गते १२:३६
Shares
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

काठमाडौंः खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौं उपत्यकामा  तीनवटा टोली परिचालन गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले सोमबार काठमाडौं महानगरपालिका–२५ स्थित न्यूरोडमा रहेको गौतम स्वीट्स, महानगरपालिका–२४ स्थित इन्द्रचोकमा रहेको स्वस्तिक स्वीट्स एण्ड स्नाक्स, महानगरपालिका–२२ न्यूरोडस्थित कर्नर ताजा गुँदपाक भण्डारमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

ncell

अनुगमनका क्रममा व्यक्तिगत सरसफाइमा ध्यान दिन, एकपटक प्रयोग भएको तेल बारम्बार  प्रयोग नगर्न र कृत्रिम रङको प्रयोग मापदण्ड बमोजिम मात्र गर्न निर्देशन दिएको जानकारी उनले दिए । यसैगरी विभागले ललितपुरको गोदावरी नगरपालिका–११ स्थित प्रशंसा कलेक्सन एण्ड रिफाइन प्रशोधन केन्द्रमा पनि अनुगमन गरेको छ । उक्त केन्द्रमा वनस्पति घ्यूलाई खिया लागेको ड्रममा तताएर जुजुघ्यू नाममा एक र दुई लिटरका ७२ डब्बामा नक्कली घ्यू र एक सय ५० ग्रामको १०० डब्बा नक्कली घ्यस्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ ।

विभागले भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ३ स्थित मेहता स्टोर र सोही नगरपालिका –५ स्थित शुभलक्ष्मी जनरल स्टोरमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ अव्यवस्थित रुपमा राखिएको, खाद्यान्न भण्डारण गर्दा सुरक्षित विधिको प्रयोग नभएको पाइएको थियो । विभागले उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थलाई छुट्टै ठाउँमा व्यवस्थापन गर्न तथा खाद्यान्न भण्डारण गर्दा सुरक्षित विधिको प्रयोग गर्न निर्देशन दिएको छ ।

अनुगमनका क्रममा मूल्यसूची व्यवस्थित रुपमा नराखिएको र व्यवसायसम्बन्धी कागजात नभेटिएको प्रवक्ता महर्जनले सुनाए । मूल्यसूचीलाई सेवाग्राहीले देख्ने गरी व्यवस्थित रुपमा राख्न तथा व्यवसाय दर्तासम्बन्धी कागजात चुस्तदुरुस्त राख्न विभागले ती पसललाई निर्देशन दिएको छ ।

सम्बन्धित खबर