२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

लुटपाटमा संलग्न तीन जना पक्राउ

Nada
२०८१ असोज ७ गते १४:११
Shares
लुटपाटमा संलग्न तीन जना पक्राउ

काठमाडौंः लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भई काठमाडौं बनस्थली बस्ने ३२ वर्षीय सरद तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-११ घर भई काठमाडौं मनमैजु बस्ने २१ वर्षीय कृष्ण तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-११ घर भई काठमाडौं शेषमती बस्ने २६ वर्षीय अजय तामाङ रहेका छन् । 

ncell

काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित फ्लोरिडा डान्सबार एण्ड रेष्टुरेन्टका संचालक सरद तामाङ समेतका व्यक्तिहरूले उक्त डान्सबार एण्ड रेष्टुरेन्टमा आएका ग्राहकबाट अनुचित रकम असुल गर्ने र उक्त रकम नदिएमा कुटपिट गरी जबरजस्ती रकम असुल गर्नुका साथै ज्यान लिने सम्मको धम्की दिने गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

सम्बन्धित खबर