२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानी २८ करोड

Nada
सुनिल आउजी
२०८१ जेठ ३० गते २२:१२
Shares
धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानी २८ करोड

धनगढी : धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक आम्दानी झण्डै २८ करोड गरेको छ । 

ncell

आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदनमा धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानी २७ करोड ९२ लाख ४७ हजार ६ सय ४९ रुपैयाँ ५८ पैसा रहेको थियो । धनगढी उपमहानगरपालिकाको आन्तरिक आयको २२ दशमलव ८४ प्रतिशतले आम्दानी गरेको छ ।  केन्द्रबाट धनगढीले एक अर्ब २२ करोड २५ लाख ७९ हजार तीन सय ६७ रुपैयाँ अनुदान पाएको थियो । धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक आम्दानी २२ करोड १९ लाख २२ हजार पाँच सय २० रुपैयाँ नौ पैसा रहेको थियो ।

धनगढी उपमहानगरपालिकाले एक आर्थिक वर्षमा पाँच करोड ७३ लाख २५ हजार एक सय २९ रुपैयाँ ४९ पैसाले आन्तरिक आम्दानी बढाएको छ । धनगढी उपमहानगरपालिकाको २०७७/०७८ को आन्तरिक आम्दानी २० करोड ६९ हजार सात सय ४२ रुपैयाँ १६ पैसा रहेको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा धनगढी उपमहानगरपालिकाले योजनासहित आन्तरिक आम्दानी बढाएको देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा धनगढीले एकीकृत सम्पत्ति र घर–जग्गा करबाट चार करोड नौ लाख २८ हजार तीन सय ३२, घर–जग्गा बहाल करबाट पाँच करोड ८७ लाख ३८ हजार नौ सय दुई रुपैयाँ २० पैसा, व्यवसाय करबाट तीन करोड ६३ लाख २२ हजार ९५, बहाल विरौटी शुल्कमा सात लाख २ हजार २ सय ८०, साना सवारी करबाट १० लाख ४६ हजार तीन सय ५० रुपैयाँ आम्दानी गरेको छ। यस्तै, सरकारी सम्पत्ति बिक्रीबाट २ लाख ३२ हजार नौ सय ३१ रुपैयाँ, अन्य सेवा शुल्क वा बिक्रीबाट एक करोड २७ लाख ७० हजार सात सय ८१ रुपैयाँ सङ्कलन भएको छ ।

शिक्षा क्षेत्रको आम्दानी १४ लाख ७५ हजार तीन सय ८५, पार्किङ शुल्कबाट ६४ लाख ५३ हजार नौ सय ९८, नक्सा पासबाट २ करोड ९८ लाख २७ हजार पाँच सय १२, सिफारिस दस्तुरबाट २ करोड नौ लाख तीन हजार आठ सय ३२, व्यक्तिगत घटना दर्ताबाट १४ लाख २ हजार ६ सय ४०, नाता प्रमाणितबाट चार लाख ८३ हजार ६ सय ४०, अन्य दस्तुरबाट ७४ हजार, न्यायिक दण्डबाट ७७ हजार एक सय ७९, प्रशासनिक दण्डबाट १० लाख ४८ हजार चार सय ४४, अन्य राजस्वबाट पाँच करोड ८० लाख ६३ हजार तीन सय ५५ रुपैयाँ २६ पैसा र सरकारी सम्पत्तिको बाहालबाट ८७ लाख ६२ हजार पाँच सय ९२ रुपैयाँ आम्दानी गरेको छ ।

धनगढी उपमहानगरपालिकाले २६ करोड ८८ लाख ४६ हजार आन्तरिक आम्दानीको लक्ष्य राखेकोमा २७ करोड ९२ लाख ४७ हजार ६ सय ४९ रुपैयाँ आम्दानी गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर