
काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर ३ लाख ५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य ३ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ ।
आज चाँदी तोलामा २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।