२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

युनाइटेड क्लबलाई अलहासा गोल्डकपको उपाधि

shivam cement
अन्जान गुभाजु
२०८१ भदौ २६ गते २१:४०
युनाइटेड क्लबलाई अलहासा गोल्डकपको उपाधि

साउदी अरब : साउदी अरबको पूर्वी क्षेत्र अलहासामा सम्पन्न आठौं अलहासा गोल्डकपको प्रथम र द्वितीय उपाधि युनाइटेड नेपाली फुटबल क्लबले जितेको छ ।

शुक्रबार अलहासास्थित फुटबल मैदानमा आयोजित प्रतियोगिताको सेमिफाइनलमा युनाइटेड फुटबल क्लब (हरियो)ले लिम्बुवान फुटबल क्लबलाई २–० हराउँदै फाइनलमा आफ्नो सिट सुरक्षित गरेको थियो भने अर्को सेमिफाइनलमा युनाइटेड फुटबल क्लब (सेतो)ले पेनाल्टी सुटआउटमा अल खर्ज फुटबल क्लबलाई ५–४ले पराजित गरेका थियो ।

अलहासा फुटबल क्लबद्वारा आयोजित गोल्डकपमा युनाइटेडको सेती र हरियोसहित जम्मा १४ टिम सहभागी प्रतियोगितामा एउटै टिम युनाइटेड सेतो र हरियो फाइनलमा पुग्न सफल भएको हुँदा उक्त टिमलाई प्रथम र द्वितीय घोषणा गरिएको आयोजकले बताएको छ ।

उक्त प्रतियोगिताको बेस्ट डिफेन्डर विवेक थारु, बेस्ट मिडफिल्डर अर्जुन तामाङ, बेस्ट किपर उज्ज्वल घिमिरे, बेस्ट स्ट्राइकर समीर श्रेष्ठ, धेरै गोल गर्ने (हाइ स्कोर) सनम देवान र एमभीपी दिलिप राईले जित्न सफल भए ।

करिब दुई लाख रुपैयाँ राशिको पुरस्कार रहेको प्रतियोगिताको प्रथम र द्वितीय उपाधि चुम्ने युनाइटेड फुटबल क्लब साउदीको फुटबल प्रतियोगिताको इतिहासमा एउटै रहेको अनुमान गरिएको छ ।

वैदेशिक रोजगारीमा कार्यरत नेपाली श्रमिकहरु पछिल्लो पटक यहाँ हुने प्रतियोगितामा व्यावसायिकरुपमा अनुबन्ध हुने गरेको छ । केही क्लबले प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने खेलाडीलाई आफ्नो क्लबमा केही पारिश्रमिक दिने गरी अनुबन्ध गर्ने गरेको युनाइटेडका प्रबन्धक ओम कुमालले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise