२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

त्रिविविरुद्ध एआई परीक्षणसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश

Nada
२०८३ मंसिर ७ गते १९:०५
Shares
त्रिविविरुद्ध एआई परीक्षणसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको एआई परीक्षणसम्बन्धी व्यवस्थाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत प्रशासनले यसअघि गरेको दरपिठ निर्णय बदर गर्दै रिट दर्ताको बाटो खुला गरेको हो ।

विश्वविद्यालयले विद्यार्थीका शोधपत्र, प्रतिवेदनलगायत शैक्षिक सामग्रीमा एआई परीक्षण गर्ने सफ्टवेयर प्रयोग गर्दा त्यसको कानुनी आधार, विश्वसनीयता र विद्यार्थीमा परेको असरबारे प्रश्न उठाउँदै कानुनका विद्यार्थीहरूले रिट दिएका थिए ।

रोशन आउजी, विवेक चौधरीलगायतले विश्वविद्यालयले आफ्नै मापदण्ड बनाएर एआई परीक्षणसम्बन्धी व्यवस्था लागू गर्दा विद्यार्थी प्रभावित भएको दाबी गरेका छन् ।

यसअघि अदालत प्रशासनले निवेदनको विषयवस्तु स्पष्ट नभएको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो । तर, बौद्धिक चोरी नियन्त्रणसम्बन्धी विषयले विद्यार्थीको हकहितमा असर पार्न सक्ने भन्दै सर्वोच्चले न्यायिक निरूपणका लागि रिट दर्ता गर्न आदेश दिएको हो ।
 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर