२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

आलोचना गर्न नडराउनुस्, सकिन होइन सच्चिन तयार छु : मुख्यमन्त्री आचार्य

Nada
सपना बोहरा
२०८१ भदौ २५ गते २१:१८
Shares
आलोचना गर्न नडराउनुस्, सकिन होइन सच्चिन तयार छु : मुख्यमन्त्री आचार्य

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले गर्दै आएको काम कारकाहीको बारेमा केही कमजोरी भएमा आलोचना गर्न सुझाव दिएका छन् । ‘सरकार सच्चिन चाहन्छ’ नेपाल पत्रकार महासंघ दाङ शाखाले   आयोजना गरेको  मिडिया मन्थन पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘सही समयमा  तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न नडराउनुस् ।’ मुख्यमन्त्री आचार्यले सरकारमा रहँदा नियतमा कुनै खोट नभएकाले   केही  कमी कमजोरी भए सच्च्याउन तयार रहेको  बताए । 

ncell

‘म सरकारको नीति निर्देशनमा रहेर काम गर्छु, त्यही अनुसार अगाडि बढ्नुछ’ मुख्यमन्त्री आचार्यले भने ‘सही मार्ग निर्देशनको लागि आलोचना चाहिन्छ, म सच्चिन चाहन्छु, सकिन होइन ।’

सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न समेत  आह्वान गरे । तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागि मिडिया क्षेत्रबाट खबरदारी गर्न अनुरोध गरे । 

सरकारको कामलाई पारदर्शी बनाउन आचारसंहिता समेत निर्माण गरेको बताए ।  ‘मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागू गरेका छौं’उनले भने ‘यो आचारसंहिताले मुख्यमन्त्री र मन्त्रीको नाममा हुने फजुल खर्च नियन्त्रण गर्छ र पारदर्शी सरकार बन्नेछ ।’ जिल्ला भ्रमणको क्रममा हुने होटलको खर्चको बिल सरकारले भुक्तानी  नगर्ने उनले बताए । 

मन्त्रीका नाममा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिताको बन्धनमा राखिएको उनले स्पष्ट पारे । पूर्व विशिष्ठ व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम सरकारले गरेको उनले बताए  । 

‘बहाली गरेको ४७ दिन भयो, सरकारले यो अवधिमा सुशासन, पारदर्शीको क्षेत्रमा केही महत्वपूर्ण कामहरु अघि बढाएका छौं,’ उनले भने ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले समाज रुपान्तरणको लागि मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण  रहेको बताएका थिए ।  जनताको पक्षमा बुलन्द आवाज उठाउने मिडिया क्षेत्र रहेकाले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरे । संघीयताको मर्म अनुसार प्रदेश सरकारले काम गरेको भन्दै आम जनताको दिनचर्या सहज बनाउनेगरी मिडियाबाट खबरदारी गर्न उनले आग्रह गरे । कार्यक्रम पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर