२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

क्रोएसिया पठाउने भन्दै ठग्ने तीन पक्राउ

Nada
२०८१ भदौ १३ गते २१:३४
Shares
क्रोएसिया पठाउने भन्दै ठग्ने तीन पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा क्रोएसियासहित विभिन्न मुलुकमा पठाइदिने भन्दै करिब ७ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरुमा सुनसरी मिक्लाजुङ गाउँपालिका–७ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्की माछापुच्छ्रे–६ घर भइ हाल काठमाडौं महानगरपालका–२६ रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा तथा सिन्धुली कमलामाई नगरपालिका–७ घर भइ हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–६ बस्ने २५ वर्षीय गणेशबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनीहरु युरोपेली मुलुक क्रोएसिया र यूएईलगायतका देशमा आकर्षक तलब सुविधासहितको रोजगारीमा लैजाने भन्दै पीडितहरूलाई लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उनीहरूले वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएर ६ लाख ७७ हजार लिएको देखिएको प्रहरी बताएको छ ।

पक्राउ परेकामध्ये अभियुक्त लामाले ४ लाख ६५ हजार, विश्वकर्माले १ लाख दुई हजार तथा श्रेष्ठले २ लाख १० हजार लिएको प्रहरीले बताएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि बिहीबार वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर