२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

बक्स अफिस इन्टरनेशनलको आयोजनामा रामबहादुर सुवेदी गोल्डकप हुँदै

Nada
२०८१ भदौ ६ गते २०:०३
Shares
बक्स अफिस इन्टरनेशनलको आयोजनामा रामबहादुर सुवेदी गोल्डकप हुँदै

काठमाडौं : नेपाली चलचित्र, गीत–संगीत तथा खेल जगतमा सक्रिय पाँच पटकको विश्व कीर्तिमानी वरिष्ठ पत्रकार रामबहादुर सुवेदी (आरके)को नाममा गोल्डकप आयोजना हुने भएको छ । बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा हुन लागेको गोल्डकपको लोगो सार्वजनिक गरिएको छ ।

ncell

सेभेन ए साइडको फुटसल प्रतिस्पर्धा हुने गोल्डकपको तयारी शुरु भएको आयोजक बक्स अफिस इन्टरनेशनल ग्रुपले बताएको छ । हाल देशभर आवेदन खुलेको रामबहादुर सुवेदी गोल्डकप प्रतियोगिता भदौ २७ गते बिहीबारदेखि २९ गते शनिबार साँझसम्म राजधानीको तेन्जिङ चोक महाँकाल कपनमा सञ्चालित सुविधासम्पन्न इलाइट फुटसलमा हुँदैछ । 

बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म फिफा मान्यता रेफ्रीले निरन्तर खेल सञ्चालन गर्ने १८औं संस्करणमा यो पटक १ सय २ टिमको मात्रै आवेदन लिइने आयोजकले बताएको छ । प्रतियोगिताको आवेदन दस्तुर ७ हजार ७ सय ७७ रुपैयाँ तोकिएको छ भने विजेताले ट्रफी, मेडल, राष्ट्रिय जर्सीसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी, मेडल र राष्ट्रिय जर्सीसहित ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सहभागी सबै खेलाडीलाई प्रमाणपत्रबाट सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, किपर, टिम म्यानेजरले अवार्ड प्राप्त गर्नेछन् । 

प्रतियोगिताको फाइनल खेल सञ्चालन एक घण्टाको हुने छ भने नकआउट लिग १०–१० मिनेटको हुनेछ । लगातार तीन दिनसम्म चल्ने यो बृहत् प्रतियोगिताको फाइनल अगाडि राष्ट्रिय कलाकार र स्थानीय बौद्ध, कपन र महाँकालको स्थानीय समाजसेवीबीच मैत्रीपूर्ण फुटबल आयोजना गरिने भएको छ ।

विविध सांस्कृतिक कार्यक्रमसहित राष्ट्रिय कलाकारको टिमबाट चर्चित अभिनेता धिरेन शाक्यको कप्तानीमा बद्री पंगेनी, प्रख्यात लोक गायक कमेडी कृष्ण रेउले, गायक डम्बर नेपाली, वरिष्ठ कलाकार उत्तम केसी, कमल मैनाली, बल्छी धुर्बे, सुनयमान शंकर  इकु, सलोन बस्नेतलगायत थुप्रै कलाकारले उत्साहजनक सहभागिता जनाउने छन् ।

फाइनलमा पूर्वराष्ट्रिय खेलाडी राजु शाक्य विशेष आकर्षक हुनेछन् । प्रतियोगितामा भाग लिन देशभरबाट आयोजकको ह्वाट्सएप नं. +९७७ ९८५१०१८४०१ मा सिधै आवेदन दिन सकिने आयोजकले बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर