२०८३ मंसिर १० गते बिहिवार / Nov 26 , 2026 , Thursday
२०८३ मंसिर १० गते बिहिवार

बागमती किनारमा गुपचुप दाहसंस्कार प्रयासबीच शव नियन्त्रणमा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ मंसिर १० गते २१:१६
Shares
बागमती किनारमा गुपचुप दाहसंस्कार प्रयासबीच शव नियन्त्रणमा
तस्बिर : एआई

रौतहट : ​रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहर्वामा करिब दुईदेखि तीन महिनाकी गर्भवती महिलाको रहस्यमय मृत्यु भएको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मृतकका श्रीमानसहित तीन जनालाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाएको छ ।

​प्राप्त विवरणअनुसार दुर्गाभगवती गाउँपालिका-५ बडहर्वा निवासी दिलिप दासकी २४ वर्षीया श्रीमती कलाउती देवी दासको रहस्यमय परिस्थितिमा मृत्यु भएको हो । महिलाको मृत्यु भएपछि माइती पक्षलाई कुनै जानकारी नदिई हतारहतार बागमती नदी किनारमा दाहसंस्कार गर्न खोजिएको स्थानीय स्रोतले जनाए ।

​मृत्युको प्रकृति शंकास्पद रहेको र माइती पक्षलाई समेत खबर नगरी दाहसंस्कारको तयारी गरिएको सूचना प्राप्त भएपछि घटनास्थलमा खटिएको प्रहरी टोलीले दाहसंस्कार भइरहेको अवस्थामा शव नियन्त्रणमा लिएको हो । समयमै प्रहरी पुगेर शव नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता बाहिर ल्याउन सहज भएको बताइएको छ ।

​प्रहरीले घटनासँग जोडिएको आशंकामा मृतकका श्रीमान् दिलिप दाससहित तीन जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाए । नियन्त्रणमा लिइएका अन्य व्यक्तिहरूको भूमिका र घटनामा संलग्नताबारे प्रहरीले सूक्ष्म ढंगले छानबिन गरिरहेको छ ।

​मृत्युको कारण स्वाभाविक हो वा अन्य कुनै कारणले ज्यान गएको हो भन्ने विषय शंकास्पद देखिएकाले प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर