
काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य रु ८०० र चाँदीको मूल्य रु १० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४१५ कायम भएको थियो ।