
भक्तपुर : नेपालका लागि सर्वाधिक लोकप्रिय स्कुटर भेस्पा तथा अप्रिलियाको वितरक डेल्टा अटोकर्प प्रा.लि.ले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न सोरुम खोलेको छ।
कम्पनीको स्कुटर प्रति बढ्दो रुचि र ग्राहकवर्गको सुविधा र सहजतालाई मध्यनजर गर्दै देशैभर सोरुम विस्तार गर्ने क्रममा यो सोरुम खुलेको हो ।
यस सोरुममार्फत ग्राहकहरुले अन्य सोरुम सरहको सेवा, सुविधा पाउने छन् । कम्पनीले भर्खरै लञ्च गरेको नेपालकै पहिलो १७५ सिसीको पावरफुल, स्टाइलिस र बेस्ट पर्फर्मेन्सको स्कुटर अप्रिलिया एसआर १७५ पनि बिक्रीको लागि राखिएको छ भने अत्यन्तै आकर्षक दुई नयाँ कलर लाइल्याक र गोल्डेन ओरो कलरको नयाँ दुई भेस्पा लगायतका भेस्पा तथा अप्रिलियाको सम्पूर्ण मोडल यस सोरुममा उपलब्ध छ ।
यस सोरुममा भेस्पा, अप्रिलिया खरिदका लागि आउने ग्राहकहरुले आकर्षक दशैं अफर भेस्पा, अप्रिलियासँग दशैंको दक्षिणा मा समेत समावेश गराइ हरेक खरिदमा स्क्र्याच मार्फत रु. १ लाखसम्म क्यास र पक्का उपहारमा अनर एक्स फाइभ प्ले स्मार्ट वाच उपहार प्रदान गरिनेछ । अफर अन्तर्गत हरेक एक्सचेञ्जमा पनि रु.२५ हजारसम्मको क्यास ब्याक पाउन सकिनेछ भने नागरिकताको भरमा शून्य प्रतिशत सर्भिस चार्जमा फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ ।
डेल्टा अटोकर्प प्रा.लि.का डाइरेक्टर तथा सिइओ विजय महतोले भने, “भेस्पा र अप्रिलियाको प्रतिष्ठित इटालियन विरासतलाई भक्तपुरसम्म ल्याउँदै गर्दा आज हाम्रो लागि महत्वपूर्ण अवसर बनेको छ । कला, संस्कृति र हस्तकलाको समृद्ध विरासत बोकेको भक्तपुर यी दुई प्रतिष्ठित ब्रान्डका लागि स्वाभाविक गन्तव्य बनेको छ । नयाँ सोरुममार्फत यहाँका ग्राहकलाई इटालियन डिजाइन, उत्कृष्टता र पर्फर्मेन्सको नयाँ अनुभव प्रदान गर्न पाउँदा हामी गौरवान्वित छौं र ग्राहकहरूलाई स्वागत गर्न उत्साहित छौं ।”
त्यस्तै, डाइरेक्टर केतन भिमसारियाले भने, “नेपालको सम्पदा र संस्कृतिमा भक्तपुरको विशेष स्थान छ र यसको विकास यात्राको हिस्सा बन्न पाउँदा हामी निकै खुसी छौं । नयाँ सोरुमको सुरुवातसँगै हामी भक्तपुरको समृद्ध विरासतलाई भेस्पा र अप्रिलियाको विशिष्ट इटालियन पहिचानसँग जोड्दैछौं । यहाँका ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्दै सँगै धेरै अविस्मरणीय यात्राहरू सिर्जना गर्न हामी उत्साहित छौं ।”
यो सोरुमबाट भक्तपुरलगायत आसपासका ग्राहकहरुलाई सजिलो सेवा, सुविधा प्राप्त हुने विश्वास रहेको छ ।