
काठमाडौं : नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामा खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ चर्चित खेलाडीलाई ‘टिम एक्स्ट्रिम’मा आबद्ध गरेको छ ।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीबीच औपचारिक सम्झौता गरेको हो । सम्झौतामा सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्स्ट्रिम’का सदस्य बनेका हुन् ।
सम्झौतापछि आबद्ध खेलाडीले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्स्ट्रिम इनर्जी ड्रिंकको लोगो रहनेछ । त्यस्तै, एक्स्ट्रिमले आयोजना तथा सञ्चालन गर्ने विभिन्न प्रवद्र्धनात्मक, ब्रान्डिङ तथा खेलकुदसम्बन्धी गतिविधिमा पनि यी खेलाडीको सहभागिता रहनेछ ।
नेपाली क्रिकेटमा खेलाडीहरूको लोकप्रियता र युवा पुस्तामाझ उनीहरूको प्रभावलाई ध्यानमा राखेर गरिएको यो सहकार्यले क्रिकेट र ब्रान्डबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेलाडीलाई प्रोत्साहन गर्ने र युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले ‘टिम एक्स्ट्रिम’ सदस्य बनाइएको कम्पनीले जनाएको छ । एनपिएलका ७ टोली समेटिएको एक्स्ट्रिमको विशेष संस्करणको क्यान सार्वजनिक कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपिएल)मा मुख्य प्रायोजकका रूपमा आबद्ध आफ्ना ७ टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यानसमेत सार्वजनिक गरेको छ ।
एनपिएलका सम्बन्धित टोलीको पहिचान तथा क्रिकेटप्रतिको समर्थकको उत्साहलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यानले खेलाडी तथा समर्थकसँगको सम्बन्धलाई थप नजिक बनाउने कम्पनीले जनाएको छ । विशेष संस्करणको क्यानमार्फत एनपिएलको माहोललाई थप रोमाञ्चक बनाउँदै क्रिकेटप्रेमी तथा समर्थकमाझ एक्स्ट्रिमको उपस्थिति अझ प्रभावकारी बनाउने कम्पनीको विश्वास छ ।
एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली युवाको ऊर्जा, उत्साह र खेलप्रतिको जोससँग आफूलाई जोड्दै आगामी दिनमा पनि क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता हुने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।