
काठमाडौं : लिपमोटरले आफ्नो विश्वव्यापी विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्दै सेप्टेम्बर २०२६ मा विश्वभर १ लाख ५ हजार ६५६ युनिट सवारीसाधन डेलिभरी गरेको छ र तेस्रो त्रैमासिकमा ३ लाख १० हजार ५२ युनिट डेलिभरीको आँकडा पार गरेको छ । यो उपलब्धिसँगै ब्रान्डले लगातार तेस्रो महिना मासिक १ लाख युनिटभन्दा बढी डेलिभरीको प्रतिष्ठित कोशेढुंगा पार गरेको छ । जसअनुसार सेप्टेम्बरमा वार्षिक आधारमा ५९ प्रतिशत र तेस्रो त्रैमासिकमा ७८.३ प्रतिशतको उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको छ ।
यस त्रैमासिक गतिले सन् २०२६ को पहिलो नौ महिनामा लिपमोटरको कुल विश्वव्यापी डेलिभरीलाई ६ लाख ६६ हजार ५३९ युनिट पुर्याएको छ । जसले सन् २०२५ को पूरा वर्षको कुल संख्यालाई समेत उछिनेको छ ।
विश्वव्यापी अटोमोटिभ क्षेत्रको अग्रणी कम्पनी स्टेलान्टिससँगको संयुक्त साझेदारी ’लिपमोटर इन्टरनेसनल’को सहयोगमा ब्रान्डको अन्तर्राष्ट्रिय उपस्थिति तीव्र गतिमा अघि बढिरहेको छ । हालसम्म यसको कुल विश्वव्यापी निर्यात १ लाख ५० हजार युनिट नाघेको छ भने युरोपमा बिक्री तथा सेवा सञ्जाल १ हजारभन्दा बढी स्थानहरूमा द्रुत गतिमा विस्तार भइरहेको छ ।
साङ्ग्रिला मोटर्स प्रा.लि.ले नेपालमा लिपमोटरका टिओ३ बि१० र सि१० जस्ता स्मार्ट तथा उच्च कार्यक्षमता भएका विद्युतीय सवारीसाधनहरू भित्र्याइरहेको छ ।