२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

Nada
२०८३ असोज ५ गते १३:५२
Shares
त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

काठमाडौं : काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ ।

ncell

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैं आगो लगाएको राससलाई जानकारी दिए ।

आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताए । के-कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगोलागी भएको बस र चालकको विवरण भने खुलेको छैन ।

सम्बन्धित खबर