२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

Nada
२०८१ साउन ३२ गते १६:५७
Shares
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

काठमाडौं : सरकारले ‘काभा वुमन्स नेशनल भलिबल लिग २०२४’ मा नेपालका तर्फबाट सहभागी १४ जना खेलाडीलाई जनही रु तीन लाखका दरले पुरस्कार वितरण गर्ने भएको छ ।

ncell

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १४ जना खेलाडीलाई जनही रु तीन लाखका दरले पुरस्कार वितरण गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङका अनुसार, भलिबलका मुख्य प्रशिक्षकलाई रु दुई लाख, व्यवस्थापकलाई रु एक लाख तथा सहायक प्रशिक्षक र फिजियोलाई जनही रु एक लाख २० हजारका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिइएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर